२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको विश्वास व्यक्त गरेका छन् । 

श्रावण पूर्णिमा तिथिमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) तथा गुँ:पुन्हिको पावन अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जनैपूर्णिमाजस्ता पर्वहरूले समुन्नत राष्ट्र निर्माणको मार्ग प्रशस्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले भनेका छन्, “नेपालमा परापूर्वकालदेखि मनाइँदै आएका जनैपूर्णमाजस्ता पर्वहरू द्रुत गतिमा बदलिँदो आजको जीवनशैली र डिजिटल युगमा आत्मीयता, सांस्कृतिक महत्त्व तथा भावनात्मक पुन:स्थापनामा सकारात्मक प्रभाव पारिरहेको विश्वास लिएको छु ।” 

विविध सांस्कृतिक परम्परामा धनी हाम्रो देश र समाजमा एकै तिथिमा विभिन्न नामले मनाइने रक्षाबन्धन, जनैपूर्णिमा तथा गुँ:पुन्हि पर्वले आपसी प्रेम, सम्मान, एकता, सौहार्दता र सहयोगको सन्देश फैलाउँदै आएका छन् । भूगोल, जाति, समुदाय र क्षेत्रगत विविधतायुक्त यी मौलिक पर्वहरू रैथाने संस्कृति तथा परम्पराबाट समृद्ध छन्, जुन हाम्रो साझा पहिचान र राष्ट्रिय गौरवका प्रतीक पनि हुन् । 

तराई–मधेसमा मधेसीलगायतको समुदायका दिदीबहिनीले रक्षाबन्धनको अवसरमा दाजुभाइलाई राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीप्रति समर्पण र संरक्षणको भाव प्रकट गर्ने परम्परा रहिआएको छ । यसले पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउन सघाउँदछ । त्यस्तै, यो पर्व जनै पूर्णिमाका रूपमा मनाउनेहरूले यज्ञोपवीत परिवर्तन गरी ऋषिपुजन तथा तर्पण कर्म सम्पन्न गर्दै भव्य आस्थाका साथ मनाउँछन् । यस दिन गुरुजनहरूबाट मन्त्रपाठसहित बाँधिने रक्षासूत्र भय निवारण एवं आत्मबल सुदृढीकरणको प्रतीक मानिन्छ । 

नेवार समुदायले श्रावण पूर्णिमालाई ‘गु:पुन्हि’ को रूपमा मनाउने परम्परा छ । यस पर्वले नेवार समुदायमा शारीरिक शुद्धता, पारिवारिक स्वास्थ्य तथा समृद्धिको कामनासहित धार्मिक एवं सांस्कृतिक पुनर्जागरणको कार्यमा सहयोग गर्दछ । यस अवसरमा क्वाँटी खाने, विशेष प्रकारका रोटीहरू पकाएर घरका देवता तथा पुर्खाका नाममा चढाउने, धार्मिक अनुष्ठान गर्ने, परिवार र समुदायबीच जमघट गर्दै यो पर्व मनाइन्छ । उनले भनेका छन्, “यस पर्वका अवसरमा मुलुकको राष्ट्रिय एकता, अखण्डता तथा सार्वभौमिकता अझ बलियो बनोस् भन्ने कामना गर्दै सबै नेपाली नागरिकको जीवनमा शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगति होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”