२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा रहेका नेपालीको मताधिकार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने रास्वपाको निर्णय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएकाले त्यसबिरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यसका लागि केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको उनले बताए ।

बैठकले हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय गरेको छ भने पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय भएको प्रवक्ता झाले बताए ।