२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य बैंकहरूले विदेशी वित्तीय संस्थाको मात्रै ऋण व्यवस्थापकको काम गर्न सक्ने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी वित्तीय संस्थाको मात्रै ऋण व्यवस्थापक एजेन्सीको रूपमा काम गर्न सक्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै विदेशी वित्तीय संस्थाको मात्रै ऋण व्यवस्थापकको रूपमा काम गर्न सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकको निर्देशन अनुसार सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृति प्राप्त वित्तीय संस्थाले नेपालमा गरेको ऋणीको व्यवस्थापनको रूपमा वाणिज्य बैंकले काम गर्न सक्नेछन् ।

नेपालका विभिन्न फर्म, कम्पनी, संस्था, उद्योग, वा परियोजनाहरूमा ऋण प्रवाह गर्दा त्यस्तो ऋणको सुरक्षणको लागि वाणिज्य बैंकले विदेशी ऋणदाताको तर्फबाट चल अचल सम्पत्ति धितो लिन र सावाँ-ब्याज असुली तथा डिफल्ट भएका ऋणीहरूको धितो लिलामी सम्मका प्रक्रिया पूरा गर्ने एजेन्टको रूपमा काम गर्न सक्नेछन् ।

यसभन्दा अघि वित्तीय संस्था मात्रै भनेर नतोकी ऋणदाताको पनि एजेन्टको रूपमा काम गर्न सक्ने व्यवस्था गरेको थियो ।

वाणिज्य बैंकले त्यस्तो एजेन्टको रूपमा काम गर्नका लागि राष्ट्र बैंकबाट विदेशी ऋण भित्र्याउने स्वीकृति लिएको हुनु पर्नेछ । ऋण व्यवस्थापन, इस्क्रो खाता व्यवस्थापन तथा कस्टोडियन सम्बन्धमा विदेशी ऋणदाता, नेपाली ऋणी र वाणिज्य बैंक बीच त्रिपक्षीय सम्झौता हुनु पर्छ ।

यस प्रयोजनको लागि व्यवस्थापक भई कार्य गर्दा लिनु पर्ने जिम्मेवारी, सोबापत लिने कमिसन तथा शुल्क, सुरक्षण मार्फत ऋण असुली गर्नु पर्दा अवलम्बन गरिने प्रचलित कानुन बमोजिमका प्रक्रियासमेत सम्झौतामा उल्लेख गर्नु पर्नेछ ।

भाका नाघेको विदेशी ऋणको सावाँ, ब्याज लगायत अन्य भुक्तानी गर्न सुरक्षणमा लिएको चल अचल सम्पत्तिलाई सम्झौता एवम् प्रचलित व्यवस्था बमोजिम बिक्री/लिलाम बिक्री गरी रकम सम्बन्धित ऋणदाताले प्राप्त गर्ने गरी फिर्ता पठाउन सक्नेछ ।

त्यसैगरी प्रचलित कानुनी व्यवस्था बमोजिम ऋणदातालाई फिर्ता भुक्तानी तथा अन्य दायित्व भुक्तानी पछि बाँकी रहन आएको रकम सम्बन्धित ऋणीलाई उपलब्ध गराउनु पर्नेछ ।

यस व्यवस्था बमोजिम सुरक्षण लिइएको चल अचल सम्पत्तिको प्रत्यक्ष हक वा स्वामित्व सम्बन्धित विदेशी ऋणदातामा हस्तान्तरण नहुने गरी ऋण सम्बन्धी बक्यौता रकममा मात्र त्यस्तो हक/स्वामित्व रहने र सुरक्षणलाई बिक्री/लिलाम बिक्री पछि प्राप्त हुन आउने रकममा मात्र सम्बन्धित विदेशी ऋणदाताको हक/स्वामित्व रहने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।