२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘श्रम संसार’ एपमार्फत अनिवार्य अनलाइन प्रकाशन गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रूपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

विभागले जारी गर्दै श्रम ऐन, २०६४ को दफा २२ (३) र नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत् रहने तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत राख्नु पर्ने उल्लेख गरेको छ ।

विज्ञापन पत्रिकामा मात्रै प्रकाशित हुँदा नागरिक एपमार्फत जानकारी पाउन नसकिने भएकोले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको हो ।

विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचितसमेत गरेको छ ।

नयाँ व्यवस्था अनुसार अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।