२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्वका विरुद्ध जथाभाबी अभिव्यक्ति दिने क्रम बढेपछि सचेत गराउने माओवादीको निर्णय 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूलाई पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन सचेत गराएको छ ।

शुक्रबार सुरु भइ सोमबार सकिएको पार्टी स्थायी समिति बैठकले नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन पार्टी नेता कार्यकर्ताहरूलाई सचेत गराएको हो ।

उपमहासचिव हरिबोल गजुरेलले पार्टीका नेताहरूमा संगठनात्मक अराजकता र नेतृत्वका विरुद्ध जथाभाबी अभिव्यक्ति दिने क्रम बढेपछि स्थायी समिति बैठकले यो निर्णय गरेको बताए ।

‘विधि, पद्धति र पार्टी अनुशासन विपरीत गएर नेतृत्वका विरुद्ध जथाभाबी बोल्ने क्रम बढ्यो,’ गजुरेलले भने, ‘नेताहरूलाई त्यसरी नबोल्न सचेत गराउने निर्णय बैठकबाट भएको छ । जनार्दनजीलाई पनि सचेत गराइएको छ ।’

उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण पार्टीमा समस्या आएको बताउँदै आएका थिए । पार्टीका अरू नेताहरूले भने ‘प्रचण्डमाथि प्रश्न गरेको भनेर शर्माको आलोचना गरिरहेका थिए ।

अधिकांश स्थायी कमिटी सदस्यहरूले शर्माले पार्टी विधि विपरीत बोलेको भन्दै उनले आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए ।

शर्माले भने आफूले गरेको कमजोरीको मात्रै जिम्मेवारी लिने भन्दै आत्मालोचना गर्न अस्वीकार गरेका थिए । त्यसपछि बैठकले अब आइन्दा पार्टीका विषयमा पार्टीभित्रै छलफल गर्नुपर्ने र बाहिर अभिव्यक्ति दिँदै हिँड्न नहुने निष्कर्ष निकालेको हो ।