२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनमा आप्रवासी बोकेको डुंगा डुब्दा ६८ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। यमनमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको आप्रवासन मामिला हेर्ने निकायले सोमबार जनाएको छ ।

राष्ट्रसंघीय निकायका अनुसार डुंगामा अधिकांश इथियोपियालीहरू थिए भने डुंगा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।

हालसम्म डुंगामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यसअघि आइतबार दक्षिणी यमनको अब्यान प्रान्तको सुरक्षा स्रोतहरूले आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको जनाएका थिए ।

सन् २०१४ देखि यमनमा चलिरहेको युद्धको कारण आप्रवासन समस्या बढेको जनाइएको छ । हजारौँले खाडी देशहरूमा पुग्ने आशामा जिबूटीबाट यमनसम्मको ‘पूर्वी मार्ग’ रेड सी पार गरेर जाने गर्छन् ।

प्रान्तको सुरक्षा निर्देशनालयले समेत यमनको अब्यानको तटमा डुबेको डुंगामा अधिकांश इथियोपियाली आप्रवासीहरू रहेको पुष्टि गरेको छ ।

आइतबार सुरक्षा बलले शवहरू निकाल्ने र जीवितहरूको उद्धार गर्ने अभियान चलाइरहेको बताएको थियो ।

गत महिना आप्रवासीहरूलाई बोकेको डुंगामा रेड सीमा तस्करहरूले आक्रमण गरेपछि कम्तिमा आठ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंगाको आप्रवासन एजेन्सीले जनाएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका अनुसार दशौँ हजार आप्रवासीहरू यमनमा फसेका छन् र उनीहरूको यात्राको क्रममा दुर्व्यवहार र शोषणको सामना गरिरहेका छन् ।

गत वर्ष आइओएमले ‘रेड सी’ मार्गमा कम्तिमा ५५८ जनाको मृत्यु भएको रेकर्ड गरेको थियो, जसमा ४६२ जनाको मृत्यु डुंगा दुर्घटनाका कारण भएको मानिएको छ ।