काठमाडौँ । संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक सोमबार बस्ने भएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्ने बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिसँग छलफल हुनेछ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको सचिवालयले जनाएको छ ।







