२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्त्वपूर्ण छ’- परराष्ट्र मन्त्री देउवा

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छिन् । 

महाराजगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरू सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधार स्तम्भ नै नर्सहरू रहेका उल्लेख गरिन् ।  

मन्त्री डा राणाले भनिन्, “ग्रामीण बस्तीदेखि सहरका अस्पतालसम्म नै नर्सहरूको सेवा, समर्पण र बिरामीप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ ।” 

बिरामीको उपचार, उनीहरूको मनोबलमा वृद्धि, आपत्कालीन अवस्थामा सेवा र बिरामीहरूलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै  स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उनले बताइन् ।

मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

मन्त्री डा. राणाले भनिन, “नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रूपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रूपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरूको यो भूमिका आवश्यक छ ।”

उनले नेपालमा ‘सेफ मदरहुड नेटवर्क’मार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेसालाई समयानुकूल सुविधा सम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् ।  

मन्त्री डा.राणाले नर्सिङजस्तो महत्त्वपूर्ण र संवेदनशील विषयका स्नातकहरूलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यावहारिक बनाउन एवं नरम व्यवहार तथा सेवामार्फत बिरामीहरूको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिइन् । नेपाली नर्सहरू विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन, “यहाँहरूले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरूको सख्त खाँचो छ ।”