२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल अर्को बैठकमा टुङ्ग्याइने भएको छ । 

समितिको सिंहदरवारमा आजको बैठकमा जलस्रोत विधेयकमाथि दफावार छलफलसँगै विधेयकमाथि संशोधनकर्ताहरूले विधेयकमा समेट्नुपर्ने विषयबारे विधेयकको विभिन्न दफाहरूमा आ-आफ्नो राय सुझाव दिएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको उपस्थितिमा समितिका सदस्यहरू र संशोधनकर्ताबीच जलस्रोत विधेयकका सम्बन्धमा दफावार छलफल भएको हो । 

छलफलमा सचिव (जलस्रोत तथा सिँचाइ) सरिता दवाडी, कानुन तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए । विधेयकको दफा ३७ सम्मको छलफल करिब टुंगीएको छ । समितिका सभापति तुलसाकुमारी दाहालले समितिको यही साउन १६ गतेको बैठकबाट दफाबार छलफल टुङ्ग्याइने बताइन् ।

संशोधनकर्ताहरू डा. वेदुराम भुसाल, डा. अञ्जान शाक्य र विष्णुबहादुर विश्वकर्माले विधेयकको दफा ३४, ३५, र ३७ रहेको जरिवाना, कसुर सजाय आदिबारे छुटेका विषयलाई समेटेर विधेयकलाई समृद्ध बनाइनुपर्नेमा जोड दिए ।

सांसदहरु कृष्णप्रसाद सिटौला, राधेश्याम पासवान, नरबहादुर विष्ट, कृष्ण रोकायालगायतले विधेयकलाई समयसापेक्ष बनाउन सुझाव दिएको थियो ।

नेपालको संविधानमा उल्लिखित विकाससम्बन्धी नीति र प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वद्र्धन र उपयोगसम्बन्धी नीतिको कार्यान्वयनका लागि कानुनी तथा संस्थागत व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । 

संघीय इकाइहरुबीच जलस्रोत आयोजनाको विकास तथा सञ्चालन गर्ने अधिकार, दायित्व तथा जिम्मेवारी बाँडफाँट गर्ने कानुनी व्यवस्था गर्न, सतह तथा भूमिगत जलस्रोतको उपयोगिता, विकास तथा संरक्षण गर्न, जलस्रोतको बहुउद्देश्यीय उपयोगलाई दिगो, प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।

जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको जलस्रोत विधेयक तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विक्रम संवत् २०८१ जेठ ३१ गते प्रतिनिधिसभामा दर्ता गराएका थिए । 

उक्त विधेयक २०८२ जेठ ५ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । हाल राष्ट्रियसभाको विधान व्यवस्थापन समितिमा दफाबार छलफलका क्रममा रहेको छ ।