२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनेभाबाट सभामुखले भने-‘आउनुहोस्, शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ’

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको संकट, महामारी र नयाँ प्रविधिहरूले जटिल परिस्थितसँग जुध्न बाध्य पारेको बताएका छन्।

जेनेभामा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताए।

उनले भने, ‘हामी संसद् र सांसदहरू केवल हाम्रा मतदाताहरूको जनप्रतिनिधि मात्र होइनौँ, अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हौँ। संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणहरूलाई समेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पुर्‍याउन सम्भव रहेको धारणा राख्न चाहन्छु ।’

सञ्जालीकृत विश्व शासनले परम्परागत भन्दापृथक् स्वरूपको कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट सबै सम्बन्धित पक्षहरू समावेश भएको समावेशी प्रणालीतर्फको रूपान्तरणको आह्वान गरे।

उनले थपे, ‘वर्तमान विश्वको शासन प्रणालीलाई वास्तविक अर्थमा प्रभावकारी बनाउन समावेशीकरणलाई प्रवर्द्धन गर्नै पर्दछ । हामीले महिला, युवा र आदिवासी समुदाय जस्ता न्यून प्रतिनिधित्व भएका समूहहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। यस प्रयासमा सांसदहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ। आउनुहोस्, हामी सबै शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ।’