काठमाडौँ। बहादुर सिंह लामाले नेपाली काँग्रेस बागमती संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
भर्खरै सकिएको मत विभाजनमा इन्द्र बानियाको पक्षमा २२ सांसदले हस्ताक्षर गरे । सिंहको पक्षमा १५ जना मात्र खुलेका छन् । यस प्रदेशमा काँग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।
शुक्रबार मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए । आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बानियाको कित्तामा उभिए ।
अविश्वासको प्रस्तावको हस्ताक्षर गरेकी माया श्रेष्ठ भने हस्ताक्षर कीर्ते भएको भन्दै बहादुरतिरै लागेकी थिइन् । भर्खरै सकिएको मत विभाजनमा बानियातर्फ १ सांसद थपिएका थिए ।







