२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउन कार्यकर्ताहरूलाई ‘प्रचण्ड’को निर्देशन

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउन र मौलिक सोचका साथ सञ्चालन गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

परम्परागत ढंगले चलिरहेका ती संस्थामा सकारात्मक हस्तक्षेप बढाएर मौलिक ढंगले चलाउन सके ‘माओवादीले राम्रो गर्छन्’ भन्ने स्थापित हुने उनको भनाइ छ ।

पार्टीको समाज कल्याण विभागद्वारा आज काठमाडौँमा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ-संस्थाको भूमिकाबारे अन्तरक्रिया’मा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् ।

बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । ‘नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,’ उनले भने ।

सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ठूला र परम्परावादी दलहरू सहभागी भएका सहकारी र सामाजिक संघ संस्थाहरूमा उनीहरूको प्रवृत्तिका कारण समस्या आएको उनले बताए ।

‘अहिले सहकारीमा निकै ठुलो स्केलमा ठूला पार्टीहरू सहभागी भएर भ्रष्टाचार, बेथितिको सिर्जना भयो भन्ने कुरा निकै नै गम्भीर बनेको छ । जुन दलहरूलाई हामी संसदवादी दलाल पुँजीवादी भन्ने गर्छौँ, उनीहरूका अनुसार होइन, हामीले नेतृत्व लिने संस्था फरक र माओवादीको विचार अनुसार चलाउनुपर्छ,’ प्रचण्डले भने, ‘पुराना दल जसले उनीहरूकै सोच अनुसार परम्परावादी शैलीमा सामाजिक संघ–संस्था चलाइरहेका छन्, त्यसले ती संस्थाहरूमा ठुलो स्केलमा समस्या देखिएका छन् ।’

उनले भने, ‘माओवादीहरूले चलाउने सामाजिक संघसंस्थाहरू वा सहभागी हुने संस्थामा आफ्नो सोच अनुसार गर्नुपर्छ । जनताले फरकपन महसुस गर्ने गरी काम गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष ‘प्रचण्ड’ले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि असुरक्षा लगायतका डरले खुल्न नचाहने प्रवृत्ति रहेको भन्दै त्यसलाई परिवर्तन गर्न जरुरी रहेको बताए । ‘जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ,’ ‘प्रचण्ड’ले भने ।

अध्यक्ष ‘प्रचण्ड’ले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेता–कार्यकर्ता सहभागी रहेका संघसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपता हुनुपर्ने बताए ।

सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको अध्यक्ष ‘प्रचण्ड’ले बताए ।

विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उनले स्मरण गरे ।

माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरू पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक रहेको उनले बताएका छन् ।