२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन पुगेर पुगेर हितेन्द्रले गरे भोलीसम्ममा विद्युत नियमित हुने दाबी

अ+ अ-

काठमाडौँ । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत निरीक्षणमा खटिएका छन् ।

चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरु गर्‍यो भनेर हल्ला चलाइरहेकाले आफैँ समस्या बुझ्न र तत्काल समाधानका लागि गएको शाक्यले बताए ।

‘मर्मत कार्य जारी छ । प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु । आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत आपूर्तिको अवस्थामा पुग्छौँ , उनले भने ।

चनौली, हर्दीलगायतका ठाउँको समस्या छिटो समाधान गर्ने उनको प्रतिबद्धता छ । आजै भरतपुर वितरण केन्द्र पुगेर जनकपुर जाने तयारीमा रहेको उनले सुनाए ।

शाक्यले डिप बोरिङ जडानमा भइरहेको काम र त्यसले विद्युत आपूर्तिमा देखिन सक्ने प्राविधिक समस्या बुझ्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेसमा तत्कालका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम सकेर नयाँ ट्रान्फर्मर चार्ज भइरहेको जानकारी दिए । ट्रान्सफर्मर चार्ज भइसकेपछि सोमबार नै लोड सारिसक्ने र सकेसम्म आजैबाट नियमित विद्युत आपूर्ति हुने उनले आशा जनाए ।

चुनौली वितरण केन्द्रको क्षमता ३०० सय एम्पिएरसम्मको क्षमता भए पनि विद्युत माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणको प्रष्टोक्ति छ ।