काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव र सव-इन्जिनियरसहित तिन जनाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
शुक्रबार आयोगले शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव रमेश बहादुर दाहाल, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका तत्कालीन सव इन्जिनियर निरज कुमार झा र श्री माध्यमिक विद्यालय, सुनसरीका तत्कालीन प्रधानाध्यापक रामविलास यादव विरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरूसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।








