काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन जारी छ । काठमाडौँस्थित कार्की बैंक्वेटमा उनले पत्रकार सम्मेलन गरेकी हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।
त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीको यो विशेष पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।







