काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०१/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।










