२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहले भने ‘राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार’ 

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार भएको बताएका छन् । 

जननायक बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती विषयक विशेष संवादमा उपप्रधानमन्त्री सिंहले आर्थिक रूपान्तरण र समृद्धि हासिल गर्नका लागि प्राप्त अधिकारलाई सुरक्षित गरेर जनतालाई अधिकार सम्पन्न बनाउन लेखाजोखा गरेर कदम चाल्नुपर्नेमा जोड दिएका हुन् । 

“राजनीतिक स्थायित्व भएन भने विकास हुँदैन, अहिलेको प्रणालीअनुसार दुई वा तीन दल नमिली सरकार बनाउन सक्ने अवस्था छैन । कार्यगत एकताका आधारमा सबैलाई समेट्नुपर्छ भन्ने २०४६ सालमा गणेशमान सिंहले लिएको नीतिअनुसार अहिले गठबन्धन सरकार हुनुपरेको हो । पद्धतिअनुसार देशमा दलहरू चलेको खण्डमा राजनीतिक स्थायित्व आउँछ, आर्थिक नीति सबल हुँदै जान्छन्, अर्थतन्त्रमा सुधार आउँछ”, उपप्रधानमन्त्री सिंहले भने ।

उपप्रधानमन्त्री सिंहले प्रजातान्त्रिक समाजवादका प्रवर्तक बिपी कोइरालामा अत्यन्तै प्रभावशाली नेतृत्व रहेको उल्लेख गर्नुभयो । “बिपीको विचारधारा काँग्रेसले छोड्यो कि भन्ने आवाज उठिरहेको छ, प्रतिकूल अवस्थामा कसैसँग आफ्नो सिद्धान्तमा सम्झौता नगरेको पार्टी नेपाली काँग्रेसले आधारभूत कुरालाई कसैसँग सम्झौता गर्दैन, लोकतान्त्रिक मूल्यमान्यता र आदर्शमा बिपीले कसैसँग सम्झौता गर्नुभएन”, उनले भने । 

नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले २०४६ सालपछि नेपाली काँग्रेसले अवलम्बन गरेको नरम र उदार आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र राम्रो बनाउनका लागि निजी क्षेत्रको भूमिकालाई प्रोत्साहन गरेको बताए। 

विक्रम संवत् २०४७ को नेपालको अवस्थाबाट अहिले नेपालको अर्थ व्यवस्थामा धेरै परिवर्तन भएको भन्दै यसका लागि नेपाली काँग्रेस जस्तो पुरानो र इतिहास बोकेको गौरवशाली राजनीतिक पार्टीले ठूलो योगदान गरेको प्रष्ट पारे । उनले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने गरी विकासका लागि हुने पुँजीगत खर्च वृद्धि हुनका लागि अवरोध गर्ने कानुनलाई यथाशीघ्र संशोधन र परिमार्जन गरेर समाधान गरिनुपर्छ भन्नेमा जोड दिए ।

काँग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँले बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईको अथक प्रयासले प्रजातन्त्र प्राप्त भएको भन्दै त्याग र योगदान गरेका विद्वत व्यक्ति, नेतृत्वहरूको विश्वासलाई कायम राख्न जनताको अपेक्षाअनुसार काम गर्न लोकतन्त्रवादीहरू एकजुट भएर कर्म गर्नुपर्नेमा जोड दिए । 

बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले गरिबी र पछौटेपनबाट नेपाललाई मुक्त गराउन आर्थिक क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै बिपी कोइरालाले भन्नुभएको जस्तो समाजप्रति उत्तरदायी लोकतान्त्रिक समाजवादलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिए ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले नेपालको आर्थिक रुपन्तरणको सम्भावना र चुनौतीका बारेमा चर्चा गर्दै अहिलेको युवा पुस्ताले खोजेको रूपान्तरणका लागि काम गर्न गर्नुपर्ने कार्यहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए।