२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबोल्नुलाई डराएको सोचियो भने महँगो पर्न सक्छ भन्दै रवीन्द्र मिश्रको लिङ्देन लक्षित टिप्पणी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको पछिल्लो विवादमा आफू नबोलेको विषयलाई डराएको रूपमा नलिन आग्रह गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै उनले यदि आफ्नो प्रतिक्रिया नआउनुलाई कसैले डराएको भन्ने गरी लिएको भए त्यसको मूल्य महँगो पर्न सक्ने भन्दै चेतावनीसहितको स्ट्याटस सामाजिक सञ्जालमा लेखेका हुन् ।

राप्रपासँग पार्टी एकता भएको तीन वर्ष पुग्न लाग्दा समेत मिश्र पक्षका ४० जनाको नेताको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्ने प्रक्रिया सुरु गरिएको छैन ।

अध्यक्ष लिङ्देनले नियतवश प्रक्रियामा नलगेको मिश्र पक्षका निचोड छ ।

सोही सन्दर्भमा एक वर्षअघि दिएको टेलिभिजन अन्तर्वार्ताको एउटा क्लिप सेयर गर्दै मिश्रले लेखेका छन्, ‘नबोल्नुलाई “डराएको“ भनेर कसैले सोचेको छ भने त्यसको मूल्य महँगो पर्न सक्छ ।’

उनले आफू अत्यावश्यक नभई नबोल्ने र सबैले एकै पटक बोल्न नपर्ने पनि बताएका छन् ।