२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकले ८० अर्बको निक्षेप संकलन गर्न खोज्दा ७८ अर्बमात्र लियो

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्बको निक्षेप संकलन गर्न खोज्दा ७८ अर्बमात्र लिएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणको ब्याजदर बढाएपछि माग गरे अनुसार निक्षेप नलिएको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत घटाइएको स्थायी निक्षेपको ब्याजदर कार्यान्वयन गरेको छ । सोही अनुसार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमा पनि बैंक तथा वित्तीय संस्थालाई २।७५ प्रतिशतभन्दा धेरै ब्याजदर दिन नचाहेको हो ।

तर, वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै बैंक तथा वित्तीय संस्था केन्द्रीय बैंकले माग गरे अनुसार निक्षेप दिन तयार भए ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाभन्दा माथि हुने गरी ब्याजदर दिन तयार नभएपछि ८० अर्ब मध्ये ७८ अर्ब २५ करोड मात्र लिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप संकलनका लागि ८० अर्ब २५ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाएको छ ।

बुधबार पनि केन्द्रीय बैंकले जारी गरेको निक्षेप संकलन उपकरण ५६ दिन अवधिको हो । बुधबारको निक्षेप संकलन उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम २.७५ र न्यूनतम २.५१२५ प्रतिशत ब्याजदर माग गरेका छन् । बुधबारको निक्षेप संकलनको औसत ब्याजदर २।७४६५ प्रतिशत कायम भएको छ ।

बुधबारको निक्षेप संकलन पनि वित्तीय प्रणालीको ६ खर्ब ७२ अर्ब रुपैयाँ केन्द्रीय बैंक पुगेको छ । यो रकममध्ये स्थायी निक्षेपको २ खर्ब ७५ अर्ब र निक्षेप संकलनको ३ खर्ब ९७ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ ।