२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजन भट्टराईको जिकिर-‘विद्यालाई ल्याएर एमाले बिगार्न खोज्नेहरूको चाहना विफल भयो’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गरेको दाबी गरेका छन्।

रामेछाप नगरपालिका-८, भंगेरीमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दुई प्रमुख दलबीचको सहकार्यबाट मुलुकले एक वर्षभित्र उल्लेखनीय उपलब्धी हासिल गरेको बताएका हुन्।

जस्तोसुकै हल्ला भएपनि दुई वर्षसम्म एमाले-काँग्रेसको सहकार्य यथावत रहने उनको दाबी छ। कार्यक्रम नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापनमा जिल्ला कमिटी र राष्ट्रिय जनसांस्कृतिक महासंघको सहकार्यमा आयोजना गरिएको थियो।

भट्टराईले एमाले अहिले विधान महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै नेता(कार्यकर्तालाई विधानमाथि गम्भीर छलफलमा सहभागी हुन आग्रह गरे। पार्टी सुदृढीकरणका लागि विधानको बहसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको धारणा उनले व्यक्त गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनः प्रवेशबारे पार्टीको केन्द्रीय कमिटीले स्पष्ट निर्णय गरिसकेको जानकारी दिँदै भट्टराईले भण्डारीको नाममा पार्टीमा अस्थिरता ल्याउने प्रयास विफल भएको दाबी गरेका छन्। एमाले बिग्रियोस् भन्ने तत्वहरूलाई पार्टी निर्णयले असफल बनाएको उनले बताए।

भण्डारीले राष्ट्रपतिको पदमा रहँदा गरिमामय भूमिका निर्वाह गरेकाले उनको योगदानको पार्टीले उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले संवैधानिक पदमा पुगेका व्यक्तिहरूले पुनः दलगत सक्रिय राजनीतिमा फर्किँदा संवेदनशीलता पैदा हुने हुँदा त्यसलाई उपयुक्त मान्न नसकिने बताए। 

राष्ट्रपतिको गरिमा जोगिनुपर्ने पार्टीको सोच अनुसार नै भण्डारीलाई राजनीतिमा नल्याउने निर्णय गरिएको उनले स्पष्ट पारे।

भट्टराईले नेकपा एमालेसहित आजको कम्युनिष्ट आन्दोलनको जग नै पुष्पलाल श्रेष्ठले २००६ सालमा राखेको उल्लेख गरे।

उनका अनुसार संसारभरी प्रतिकूल अवस्थामा अघि बढिरहेको कम्युनिष्ट आन्दोलनसँगै नेपालमा पुष्पलालले गम्भीर जोखिम मोलेर कम्युनिष्ट विचारको बीउ रोपेका थिए। पुष्पलालको योगदानबिना अहिले एमालेजस्ता पार्टी हुने अवस्था नै नआउने धारणा उनले राखे।