२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्याम भुसालका टिप्पणी-‘च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदै छ’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्तरण बहसप्रति कटाक्ष गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिन भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेकोप्रति भुसालले कटाक्ष गरेका हुन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको बहस उठाउँदा पनि सुनुवाइ नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

नेतृत्व परिवर्तनको बहस उठिरहेको भन्दै उनले भने, ‘हाम्रो आन्दोलनको नेतृत्व अझै के भन्छ भने, अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नु, अर्कोले लजाइलजाइ बीसै वर्ष त होइन, १०-१५ वर्ष चैँ मैले अरूलाई तयार गर्छु तर छोड्दिन्छु ।’

एमालेको सचिवालय बैठक र केन्द्रीय समिति बैठकमा पार्टीका थुप्रै नेताहरुले अझै पनि अध्यक्ष ओलीको विकल्प नरहेको बताएकोप्रति भुसालले कटाक्ष गरेका हुन् ।

‘एउटा जमात यस्तो च्यालेन्ज गर्दैछ, अर्को जमात आजै त्यता च्यासलतिर १० वर्ष, २० होइन, तिमी आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतार्दैछ, यो कस्तो विरोधाभास हो’, भुसालले प्रश्न गरेका छन् ।

जनवादी आन्दोलनका नेतृत्वकर्ताहरुको स्मरण गर्दै भुसालले नेपालका हकमा कम्युनिष्ट आन्दोलन सर्वश्रेष्ठ भौतिक आन्दोलन भएको तर्क गरेका छन् ।