काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले दिएको राजीनामा स्वीकृत भएको छ ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दिएको राजीनामा आइतबार स्वीकृत भएको हो ।
वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए । केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीले पूर्ण अवधि काम गर्न पाउने गरी फैसला गरेको थियो ।








