काठमाडौँ । पहिरोले दोलखाको सिंगटी-लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडक खण्ड अवरुद्ध भएको हो ।
सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न सक्ने प्रहरीको भनाई छ । गसैगरी कालिन्चोक गाउँपालिका ६ लापिलाङ जाने सडक पनि अवरुद्ध भएको छ ।
गोदुङ भन्ने ठाउँमा खहरेखोलाको पानी राति जमेर एकै पटक खुल्दा सडकमा क्षति पुगेको छ । सडकको भागमा माटोको लेदो र ढुंगा जमेर असर पुगेको छ । साथै सडकको ढलान मुनिसमेत भत्किएको छ । त्यसैले चारपांग्रे सवारी साधन हाल चल्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।







