२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा नसर्ने रोगका बिरामीको संख्या बढ्दो

अ+ अ-

तानसेन (पाल्पा) । पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ । 

स्वास्थ्य कार्यालयले यहाँका १० वटै पालिकामा ३० वर्षभन्दा माथि उमेर समूहका १३ हजार ५३६ जनामा स्क्रिनिङ्ग गरेको थियो । जसमा ७५ प्रतिशत सामान्य रहेकोमा २५ प्रतिशतमा मधुमेहको समस्या, १४ दशमलव ५ प्रतिशतमा सामान्य तौल भएको, २ दशमलव ७ प्रतिशतमा कम तौल भएको, ३४ दशमलव ३ प्रतिशतमा बढी तौल भएका र ४८ दशमलव ५ प्रतिशतमा मोटोपन भएको पाइएको कार्यालयका वरिष्ठ क्षयकुष्ठ रोग फोकल पर्सन विश्वनाथ न्यौपाने बताए। उनका अनुसार उच्च रक्तचापको अवस्थामा २२ प्रतिशत सामान्य रहेको र ७८ प्रतिशतमा शुरुवाती चरणदेखि उच्च अवस्थामा पुगेको पाइएको छ । 

सबैभन्दा बढी मधुमेहका बिरामी बगनासकाली गाउँपालिकामा देखिएका छन् । फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी यहाँ ८ प्रतिशत भेटिएको कार्यालयको तथ्यांकमा छ । सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३ दशमलव ३ प्रतिशत  बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकामा ७ दशमलव ५ प्रतिशत, माथागढी गाउँपालिकामा ६ दशमलव ६ प्रतिशत, रामपुर नगरपालिकामा ६ दशमलव ३ प्रतिशत,  रिब्दीकोट गाउँपालिकामा ४ दशमलव ८ प्रतिशत,  रैनादेवी गाउँपालिका र तानसेन नगरपालिकामा ४ दशमलव ७ प्रतिशत, निस्दी र तिनाउ गाउँपालिकामा ३  दशमलव ५ प्रतिशतमा कडा प्रकृतिको मधुमेह भेटिइएको  फोकल  पर्सन न्यौपानेले बताए  ।  उनका अनुसार सबै भन्दा बढी उच्च रक्तचापका बिरामी पनि बगनासकाली गाउँपालिकामै देखिएका छन् ।  यहाँ ८५ प्रतिशत बिरामीमा उच्च रक्तचाप देखिएको  न्यौपानेको भनाइ छ ।

नसर्ने प्रकृतिका रोगहरू बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताए ।  नागरिकले जीवनशैली, खानपानजस्ता कुरामा ध्यान केन्द्रित नगर्दा नसर्ने रोगको जोखिम बढ्दै  गएको उनको भनाइ छ । यस्ता रोग नियन्त्रणका लागि कार्यालयको सीमित स्रोत र साधनको प्रयोग गरी सचेतना, परीक्षणका कार्यक्रम गर्दै आएको प्रमुख पोखरेलले बताए । 

प्रदेश सरकारले पनि नसर्ने रोग बढ्दै गएपछि सबै जिल्लामा परीक्षणको दायरा बढाउँदै सचेतनाका कार्यक्रमलाई अगाडि बढाएको छ । स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील क्षेत्र भएकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्दै आएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले  बताए । उनले भने, “हामी भाषणमा नभई तथ्याङ्कमा आधारित रहेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने दिशामा लागिरहेका छौँ, केही जिल्लामा नसर्ने रोगको जोखिम बढ्दो छ, हामी त्यसलाई रोक्ने प्रयास गरिरहेका छौँ ।” सार्वजनिक तथ्याड्ढको रिपोर्टलाई आधार बनाएर पालिकाले स्वास्थ्य क्षेत्रमा नीति नियम तथा कार्यक्रम बजेटमा ध्यान दिएमात्र प्रदेश सरकारले गरेको लगानी उपयोगी हुने स्वास्थ्य मन्त्री सारुले बताए ।