२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद बस्नेतले भने-‘जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताए ।

‘हामी वातावरणमैत्री, आदि इत्यादि कुराहरू गरिरहेका छौँ । यो पनि ठिकै छ । यो गर्नै पर्ने कुरा पनि हो । वातावरणमैत्री विकासको कुरा नराम्रो कुरा होइन । क्लाइमेट चेन्जदेखि जे-जे कारणले वातावरण विनाश हुँदै गइरहेको छ, यो कारण त हाम्रो कारणले भन्दा हामी त्यसको प्रभावबाट भिक्टिम भइरहेका छौँ,’ उनले भने ।

सांसद बस्नेतले सरकारले कति गर्न सक्छ त्यति गर्नुपर्ने बताए । लागु नहुने कुरा गरेर त्यसमै रमाएर बस्दा प्रतिफल प्राप्त गर्न नसक्ने उनको आग्रह छ ।