२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरवारमा बसेको बैठकले काठमाडौँ चक्रपथको कलंकी-महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्माण सम्पन्न गर्ने गरी पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै कलंकी-महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास लगायतका संरचना थप गर्न र नेपाल सरकारले गर्नुपर्ने काम छिटो सम्पन्न गर्न समेत बैठकले निर्देशन दिएको छ ।

बैठकले सिंगो चक्रपथ एउटै स्तरमा निर्माण गर्न कलंकी-महाराजगञ्ज खण्डको स्तरोन्नतिका लागि बजेट व्यवस्थापन लगायत आवश्यक प्रक्रिया अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदय कुमार भण्डारीले जानकारी दिए । बैठकले देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको उनले बताए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ चक्रपथ, कलंकी-महाराजगञ्ज खण्ड चीन सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको बताए ।

कलंकी–महाराजगञ्ज खण्डको केही स्थानमा सडक विस्तारका लागि मुआब्जाको विवादका कारण समस्या देखिएको उनले जानकारी दिए । उनले काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको समेत धारणा राखे ।

त्यस्तै बैठकमा समिति सदस्यहरूले काठमाडौँ चक्रपथको कलंकी-महाराजगञ्ज खण्ड समयमा नै निर्माण हुन नसकेकाले सो क्षेत्रमा बस्ने नागरिकहरूले धुलो धुवा र हिलोको सास्ती बेहोर्नुपरेको भन्दै चक्रपथको सडक विस्तारलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।