२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्धसँगै ५ सय डलर जरिवाना

अ+ अ-

काठमाडौँ। साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा भएको घटनाका कारण दुवै टिमका खेलाडीहरूलाई कारबाही गरिएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालकी डिफेन्डर सिमरन राई र बंगलादेशकी सागरिकालाई तीन खेलका लागि निलम्बन गरेको हो। साथै यी दुई खेलाडीलाई ५०० अमेरिकी डलर जरिवाना पनि गरेको छ।

उक्त खेल निकै प्रतिस्पर्धात्मक रह्यो। अन्तिम समयमा गोल गर्दै बंगलादेशले ३-२ को जित हात पारेको थियो। तर, खेलको ५५औँ मिनेटमा सिमरन र सागरिकाबीच विवाद भएको थियो।

मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए।

सामान्यतः रातो कार्ड पाएका खेलाडीलाई एक खेलको प्रतिबन्ध लाग्ने नियम छ। तर, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रतियोगिता आयोगले प्रतिबन्धलाई तीन खेलमा बढाएको हो।

यद्यपि, यी दुई खेलाडीले दुई खेलको प्रतिबन्ध भोगिसकेका छन्। त्यसैले बंगलादेश र नेपालबीच हुने निर्णायक खेलमा यी दुई खेलाडी पुनः एक साथ मैदानमा देखिने छन्।

सागरिका अहिले उत्कृष्ट लयमा रहेकी छन्। गत सत्रको उत्कृष्ट खेलाडी घोषित भएकी उनले यसपटक पनि पहिलो खेलमा श्रीलंकाविरुद्ध ह्याट्रिक र नेपालविरुद्ध एक गोल गरिसकेकी छन्।