२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री खड्काले भने-‘ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास सुरु गरौँ’

अ+ अ-

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने बताएका छन् ।

बिहीबार विद्युत् विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले भनेको समाजवाद ऊर्जा क्षेत्रबाटै सुरु गरौँ, सबै नागरिकले सहभागी हुनसक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताए ।

खान नपुग्ने नागरिकको घरसम्म ऊर्जामार्फत समृद्धि पुर्‍याउनको लागि सरकार क्रियाशील रहेको पनि बताए ।

‘हुनेलाई मात्र नभई नहुने नागरिकलाई पनि यस क्षेत्रमा आबद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, ऊर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस्’ उनले भने, ‘त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन।’

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा विगतमा भएका कामहरूको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत् आयोजनाहरूका अकल्पनीय क्षतिहरू हुने गरेको कारण क्षति न्यूनीकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

खड्काले मन्त्रालयले विगतका कामको जगमै बसेर काम गरिरहेको बताए । ‘विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो र अझ बढी आवश्यक छ । विद्वान र राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरूका कुरा सुनेको छु जसले जे भने पनि ऊर्जा क्षेत्रको विकासमा ढिलाइ गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

खड्काले थपे, ‘अझै पनि सबै घरमा विद्युत् पुर्‍याउन नसकेको अवस्था छ । सबै घरधुरीमा विद्युत् पुर्‍याएर सबै चुल्होमा विद्युत् पुर्‍याउने मन छ ।’