२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता दिएको छ । 

उच्च अदालतको आँकडाअनुसार मुद्दा फर्छ्यौटको दर यस वर्ष वृद्धि भएको हो । गत आवमा अदालतमा रहेका कूल तीन हजार ४८८ मुद्दामध्ये एक हजार ८९८ अर्थात् जम्मा ५४.४१ प्रतिशत मुद्दा फर्छ्यौट भएकामा यस आवमा मुद्दा फर्छ्यौटको दर ७८.०७ प्रतिशत पुगेको छ । 

यस वर्ष अदालतमा रहेका कूल तीन हजार ४२० मुद्दामध्ये दुई हजार ६७० मुद्दा फर्छ्यौट भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या ७५० रहेको छ । गत आवमा १८ महिना नाघेका मुद्दा १२ रहेकामा चालु आवमा त्यस्ता मुद्दाको सङ्ख्या शून्यमा झरेको रजिष्ट्रार अधिकारीले बताए । बर्सेनि पुराना मुद्दाको सङ्ख्या घटेको उनको भनाइ छ । 

अदालतमा आव २०७७/०७८ मा १२१, २०७८/०७९ मा ६३ र २०७९/०८० मा १७ मुद्दा १८ महिना नाघेका थिए । फर्छ्यौट हुन बाँकी ७५० मुद्दामध्ये सरल प्रकृतिका ५३४, सामान्य प्रकृतिका १८६ र विशेष प्रकृतिका ३० मुद्दा रहेको रजिष्ट्रार अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतको ६५ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य तोके पनि त्योभन्दा बढी ७८.०७ प्रतिशत मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।  

उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार आएको बताए । सीमित स्रोतसाधनका बाबजुद न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै न्यायमा सबैको पहुँच अभिवृद्धिका लागि आफूहरू लागिपरेको मुख्य न्यायाधीश डा. बागचन्दले बताए ।