२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहरी विकास मन्त्रीको एक वर्ष: नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको एक वर्षमा नयाँ सहरदेखि स्थानीय तहपिच्छे साना सहरी केन्द्रका योजनालाई प्राथमिकता दिएका छन्। 

एक वर्षमा सहरी विकास मन्त्रालयले दिगो र समावेशी सहरीकरणका लागि स्पष्ट खाका तयार गरेको मन्त्रालयले जनाएको छ । मन्त्री सिंहले आफ्नो मुख्य उद्देश्य गाउँ र सहरबीचको असमानता हटाई समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित सहरी प्रणालीमा रूपान्तरण गर्नु रहेको बताएका हुन्। 

“हामीले गाउँ र सहरलाई जोड्ने गरी एकीकृत सहरी विकासको अवधारणा अघि सारेका छौँ । यसअन्तर्गत ग्रामीण क्षेत्रमा आधारभूत सहरी सुविधा जस्तै सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा, पुर्‍याउने र सहरी क्षेत्रमा ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने योजना छ । यसले गाउँ र सहरबीचको खाडल कम गर्नेछ,” उनले भने, “नयाँ सहर आयोजना अन्तर्गत सरकारले मध्य पहाडी क्षेत्रमा पर्ने १० वटा सहरलाई  कम्तीमा एक लाख जनसङ्ख्यालाई आवास सुविधा प्राप्त हुने गरी ‘ल्याण्ड पुलिङ’ अवधारणामा नयाँ सहरको रूपमा विकास गर्न कार्यक्रम अगाडि बढाएको छ ।”

यसैगरी मन्त्रालयले स्मार्ट सिटी परियोजना अगाडि बढाएको छ । काठमाडौँ, पोखरा, बुटवललगायत अन्य १० सहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न डिजिटल प्रविधि, हरित ऊर्जा र व्यवस्थित यातायात प्रणालीलाई प्राथमिकता दिएको मन्त्री सिंहले जानकारी दिए ।

“यसले सहरलाई वातावरणमैत्री र आधुनिक बनाउनेछ । नेपाल सरकारले  हालै नेपालको स्मार्ट सहरको रूपरेखा तय गर्न स्मार्ट सिटी इन्डिकेटर, २०८२ स्वीकृत गरेको छ,” उनले भने “ग्रामीण सहरीकरण गाउँमा सहरी सुविधा पुर्‍याउन ग्रामीण सहरीकरण अवधारणा अन्तर्गत  प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सानो सहरी केन्द्र (साना बजार, स्वास्थ्य केन्द्र, र सामुदायिक भवन) विकास गर्ने योजना छ । यस योजनाले गाउँका बासिन्दालाई सहरी सुविधा गाउँमै उपलब्ध गराउनेछ ।”

मन्त्री सिंहका अनुसार देशका पुराना सहरी क्षेत्र कसरी आधुनिकीकरण गर्ने भन्ने सम्बन्धमा पुराना सहरको संरचनात्मक र सामाजिक दुवै पक्षमा ध्यान दिइएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, वीरगञ्ज, जनकपुरजस्ता पुराना सहरको संरचना जीर्ण भइसकेको र अव्यवस्थित बस्ती बढ्दै गएकाले यसलाई समाधानमा जोड दिइएको उनको भनाइ छ । 

“पुरातात्त्विक सम्पदा संरक्षणस् पुराना सहरमा रहेका सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना  छ । यसले  ती क्षेत्रको सांस्कृतिक महत्त्व जोगाउनुका साथै आर्थिक  सम्भावनासमेत वृद्धि गर्नेछ,” मन्त्री सिंहले भन्नुभयो, “सडक विस्तार र ढल व्यवस्थापन, पुराना सहरमा सडक साँघुरो र ढल प्रणाली अव्यवस्थित छ । स्थानीय तहसँग सहकार्य गरी  एकीकृत सहरी पूर्वाधार विकास परियोजना सञ्चालन गरिएको छ ।”

एक वर्षमा सार्वजनिक यातायात र हरियाली प्रवर्द्धन पुराना सहरमा ट्राफिक जाम र प्रदूषणको समस्या समाधान गर्न सार्वजनिक यातायातलाई प्राथमिकता दिइएको छ । 

साथै, हरियाली प्रवर्द्धनका लागि पार्क र खुला क्षेत्रको निर्माण भइरहेको उहाँको भनाइ छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकालाई सफा सहरका रूपमा विकास गर्ने, सहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहको सरकारको समन्वय राम्रो बनाउनेलगायतका विषयलाई प्राथमिकतामा दिइएको छ ।