२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीका बेथिति सुधार्न प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई मन्त्री अधिकारीको निर्देशन

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियामक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

मंगलवार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मालाई शपथ गराउँदै मन्त्री अधिकारीले यसमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

विगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरूले माग गर्दै आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियामक निकाय  गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरू समाधान हुने मन्त्री अधिकारीले विश्वास लिएको बताए । मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गर्दै समस्याग्रस्त सहकारीहरूको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाएका छन् ।

कर्जा असुली न्यायाधिकरण, नियमन प्राधिकरणलगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्यअनुसार काम गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । मन्त्री अधिकारीले शपथग्रहण गराएसँगै नवनियुक्त अध्यक्ष डा। खगराज शर्माले आजैबाट कार्यभार सम्हालेका छन् । शपथग्रहण समारोहमा मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्राधिकरणका पदेन सदस्यहरू, मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो ।