२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कँडेलले भने-‘असमानता हटाउन भूमिअधिकार अत्यावश्यक’

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक असमानता र गरिबी अन्त्यका लागि भूमिअधिकार अत्यावश्यक रहेको बताएका छन्।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ७ र ८ का १०४ जना भूमिहीनलाई मंगलबार जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै उनले भूमिमा नागरिकको स्वामित्व हुनु अपरिहार्य रहेको बताए। 

मुख्यमन्त्री कँडेलले जग्गा नभएको व्यक्तिले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने भन्दै सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेका दाबी समेत गरे।

उनले भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको दाबी गरे। ‘हामी सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्न चाहन्छौँ, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ,’ मुख्यमन्त्री कँडेलले भने ।

अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानतालाई अन्त्य गर्न पनि नागरिकमा भूमिको स्वामित्व हुनु आवश्यक भएको उनको भनाइ छ। मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्वासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाण पुर्जा वितरणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता समेत जनाए ।