२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढंगबाट आयोजना हुन्छ’: मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढंगबाट आयोजना हुने बताएका छन् । 

खेलकुद मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल आयोजना हुने बताए । पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे उजुरी परेको थियो । त्यसपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले पनि त्यसको प्रतिउत्तर अख्तियारमा पठाइसकेको उनले बताए । 

मन्त्री चौधरीले भने, “हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने रु त्यस कारण एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ ।” उनले ऐन/कानुन र नियमावलीको परिधिभित्र रहेरै एनपिएल हुने बताए । 

मन्त्री चौधरीले सिङ्गो पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाज उठाउनुपर्नेमा जोड दिँदै पत्रकारले सत्य तथ्यमा आधारित निष्पक्ष र विश्वसनीय समाचार दिनुपर्ने बताए । 

उनले भने, “युवाका क्षेत्रमा क्रियाशील भई युवाको गतिविधि गर्ने, युवा जागरण, सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्दै सामाजिक सद्भाव, युवा उद्यमशीलता, विकास र रोजगारीको क्षेत्रलगायत समग्र युवाका क्षेत्रमा योगदान पुर्‍याए बापत यो मन्त्रालयले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ, मलाई आशा छ पुरस्कृत युवा पत्रकारले युवाका क्षेत्रमा अझ सशक्त रूपमा काम गर्नु हुनेछ ।”