२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोबाट प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सांसदहरूले बाढी पहिरो प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको विषय स्मरण गरे । कहीँ बाढीबाट त कहीँ सुख्खाबाट जनता प्रभावित भएको उनको भनाइ छ।

मधेश प्रदेशले सुख्खा क्षेत्र समेत घोषणा गरेको उल्लेख गर्दै उनले बाढी पहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक राहत सहयोग गर्न संघीय सरकारलाई आग्रह गरे।

नेकपा माओवादी केन्द्रकी सांसद मनरुपा शर्माले नारायणघाटदेखि बुटवलसम्मको बाटो अस्तव्यस्त रहेको बताइन् । पानी पर्ने बित्तिकै सडक बाटो भासिने अवस्थाले अन्यत्र पनि समस्या पैदा भएको उनले सुनाइन्।

बाढी र पहिरोका कारण नागरिकको जनजीवन प्रभावित हुन पुगेको भन्दै उनले पनि सरकारको ध्यानाकर्षण गराइन्।

नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले पनि हरेक वर्ष वर्षायाममा नागरिकले सास्ती बेहोर्दै आएको बताइन्।

नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले सरकारले विकास निर्माण गर्दा ख्याल गर्न नसकेको बताइन्। ‘के मान्छे मरेपछि मात्रै सरकारको ध्यान पुग्ने हो ?’ सांसद चन्दको प्रश्न छ।

नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली करिडोरमा रहेको अवरोध छिटो हटाउन सरकारसँग आग्रह गरेका छन्।