२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष श्रेष्ठले भन्यो-‘लेखा र अर्थ समितिको निर्देशनले आइपिओ जारीमा थप अन्यौलता सिर्जना भयो’

अ+ अ-

काठमाडौँ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लेखा र अर्थ समितिको निर्देशनले आइपिओ जारीमा थप अन्यौलता सिर्जना भएको बताएका छन् ।

अर्थ समितिमा बिहीबार छलफलमा बोल्दै उनले दुई संसदीय समितिका फरक आशयका पत्रले अन्यौलता बढेको उल्लेख गरे । आगामी दिनमा कसरी अघि बढ्नेबारे अर्थ समितिबाटै निर्देशन हुनुपर्ने बताए ।

साथै पूँजी बजार द्रुत गतिमा विकास भए पनि नियमन कमजोर रहेको उनले स्वीकार गरे ।

पुँजी बजारको विस्तार अनुसार नियमन विगतमा नभएको र आफ्नो ६ महिनाको कार्यकालमा सुधार्ने कोसिस भएको बताए ।

श्रेष्ठका अनुसार नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणि सिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरणमा गइसकेको छ । उक्त प्रतिवेदनले नयाँ स्टक दिन उपयुक्त हुने बताएको छ ।

भइरहेको नेप्सेलाई पुनर्संरचना गर्न भनिएको छ । ‘पुँजी बजारको जति छिटो विकास भइरहेको छ तर धितोपत्र बोर्डले त्यो अनुरूप नियमन गर्न सकेको छैन’ उनले भने ‘हामीले महसुस गरेकै छौँ, सुदृढ गर्न लागिरहेको छु ।’

श्रेष्ठका अनुसार नयाँ स्टक एक्सचेञ्ज दिन कुनै रोकतोक छैन । अहिले तीन वटा प्रस्ताव आइसकेको छ । आएका तीन वटा प्रस्तावमाथि मूल्यांकन गरेर प्रक्रिया अघि बढाइनेछ ।