काठमाडौँ । भारत गुजरातको महिसागर नदीमा रहेको पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ ।
बडदरा आनंद जोड्ने पुल भारी ट्राफिक भएका बेला भत्किएको हो पुल भत्किँदा पुलबाट सवारी नदीमा खसेको तस्बिरहरू सार्वजनिक भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो पुल ४३ वर्ष पुरानो हो ।
आधा भत्किएको पुलमा ट्रक झुन्डिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रहरी र स्थानीय घटनास्थल पुगेर अहिले उद्धार गरिरहेका छन् । दुर्घटनाका कारण यस क्षेत्रमा यातायात प्रभावित भएको छ। प्रहरीले यातायात डाइभर्ट गरेको छ । गुजरातमा केही दिनदेखि भारी वर्षा भइरहेको छ







