२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद् न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनर्स्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्दै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको बताइन् । नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबारे पूर्वसूचना पाउँदा पनि आवश्यक सतर्कता नअपनाइएको उनको भनाइ थियो ।

अर्का सांसद राजेन्द्रलक्ष्मी गैरेले भोटेकोशीको बाढीमा परी केही व्यक्ति बेपत्ता रहेको, रसुवागढी नाकामा नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको, भन्सार यार्डमा राखिएका सवारीसाधनलगायत मालवस्तु बगाएको विषय उल्लेख गर्दै उद्धारलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् । सरकार जनताप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।

सांसद विष्णुबहादुर विश्वकर्माले अफगानिस्तानमा महिला अधिकार गम्भीर रूपमा हनन भइरहेका धारणा राख्नुहुँदै नेपालले यस विषयमा बोल्नुपर्ने बताए।

सांसद दुर्गाकुमारी गुरुङले बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमणको जोखिम बढेको र नागरिकले दुःख पाइरहेको विषय संसद्मा उठाइन् । 

त्यसैगरी अर्का सांसद नरबहादुर विष्टले सरकारले अहिले सुरक्षा निकायका लागि हतियार खरिदको प्रक्रिया अघि बढाउन नहुने धारणा राखे । यो खरिद प्रक्रियामा आर्थिक हिनामिनाको प्रश्नसमेत उठेको उनको भनाइ छ ।

सांसद नारायणदत्त मिश्रले अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभाव भएको विषय संसद्मा उठाए । आर्थिक वर्षको अन्त्यमा कमसल काम गरेर भुक्तानी दिने प्रवृत्ति हट्न नसकेको बताए।

सांसद युवराज शर्माले विद्यालय शिक्षा विधेयक संसद्बाट चाँडो पारित गरिनुपर्नेमा जोड दिए। चिकित्सकको आन्दोलन बारे गम्भीर हुन पनि उनले सरकारसँग आग्रह गरे ।