काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, रसुवाले दुई साता अघि ९ असार १०० नै पूर्व तयारी अपनाउन र सतर्कता अपनाउन आग्रह गरेको थियो। प्रशासनले विगत केही दिनदेखि नेपालमा मनसुन प्रणाली सक्रिय रहेको जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको हो।
चिनियाँ पक्षबाट समेत चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लाभित्र बग्ने नदीहरूमा सक्रिय मनसुनका कारण बहाव बढ्न सक्ने भन्दै प्रशासनले सचेत गराएको थियो।
प्रशासनले जारी गरेको सूचनामा भनिएको थियो, ‘नदी तटीय क्षेत्र आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू, र नदीको किनारका कार्यालय तथा संरचनामा विपद्को जोखिम बढ्न सक्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’

यस्तै, प्रशासनले आज पनि अर्को सूचना जारी गर्दै सतर्क रहन सबैमा आग्रह गरेको छ।








