२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण : २६ प्रतिशत निर्माण प्रगति

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगति विवरणबारे जानकारी लिए ।

पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलले निर्माणाधीन अस्पताल भवन निर्माणकाबारेमा जानकारी दिँदै निर्धारित समयभन्दा एक वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको बुटवलस्थित प्रादेशिक सरकारी अस्पतालको भवन निर्माण कार्य २६ प्रतिशतभन्दा बढी प्रगति भएको छ ।  

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिबद्धताअनुसार गुणस्तरमा सम्झौता नगरीकन समयमै भवन निर्माण गर्न निर्देशन दिए । 

प्रमुख कार्यकारी अधिकृत पोखरेलले भवनको बेसमेन्ट तयारी र क्यान्सर भवनको ढलान कार्य सम्पन्न भइसकेको, अस्पतालको मुख्य भवनको दायाँबायाँ र बीच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी दिए ।

यसैगरी, प्राधिकरणका साइट इञ्चार्ज शंकर सुवेदीले दोस्रो बेसमेन्ट र बायाँतर्फको पहिलो बेसमेन्टको ढलान सकिएको तथा क्यान्सर उपचार भवनको र्‍याफ्ट फाउन्डेसनको ढलानसमेत पूरा भइसकेको बताए।

अस्पतालको स्थलगत निरीक्षणमा उपप्रधानमन्त्री पौडेलका साथ लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले पोलिटब्युरो सदस्य दधीराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल रानालगायत सहभागी थिए । 

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सो अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित लागि रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ को लागत ‘इष्टिमेट’ रहेको छ ।  

भवन निर्माणको जिम्मेवारी भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थाले पाएको छ । अस्पताल भवन निर्माण प्रक्रियाअन्तर्गत २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।

प्राधिकरणका साइट इञ्जिनियर सुवेदीले पाँच वर्षको म्याद अर्थात् २०८५ पुस २५ गतेभित्र रु छ अर्ब १८ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

उक्त प्रादेशिक अस्पताल भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा अन्तरंग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी) र माथिल्ला तलामा एक हजार २०० शय्यासहितको सुविधासम्पन्न उपचार कक्ष रहने प्राविधिक नापनक्साबमोजिम भवन निर्माणको काम तीव्र गतिमा भइरहेको इञ्जिनियर पोखरेलले सो अवसरमा जानकारी दिए ।