२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोटो नेपालको नयाँ कार्यसमिति चयन

अ+ अ-

काठमाडौँ । नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । फारवेस्ट ट्राभल एण्ड टुर्स प्रालिका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मानबहादुर शाहीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारासहित शनिबार काठमाडौँमा आयोजित साधारण सभाबाट शाही नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत, दोस्रो उपाध्यक्ष माधव कँडेल, महासचिव कुमार पराजुली, सचिव कमलबहादुर मगर, कोषाध्यक्ष मधुसुदन नेपाल, सह कोषाध्यक्ष आनन्दकुमार क्षेत्री रहेका छन् । कार्यसमिति सदस्यहरूमा बिन्दु प्रधान, ओम जोशी, दासुराम गौतम, अनिशा ज्ञवाली, सुवोध धिताल, प्रेमकुमार दनुवार र सुजीत यादव चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले सोटो नेपालको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, “सोटो नेपालको अध्यक्षको जिम्मेवारी पाउनु मेरा लागि सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर मात्र होइन, समग्र नेपाली पर्यटनको हितमा काम गर्ने ठूलो जिम्मेवारी हो ।” अध्यक्ष शाहीले पर्यटन क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयास, पारदर्शी सदस्य छनोट प्रक्रिया, सरकार र सरोकार भएकाहसँगको सहकार्य र उत्तरदायी नेतृत्वको आवश्यकता औँल्याउँदै आफू गन्तव्य प्रवर्द्धनमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सोटो नेपालका पूर्वअध्यक्ष तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।