२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन 

अ+ अ-

काठमाडौँ । बहराइनवासी नेपाली समुदायले नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रमुख कुलमान घिसिङलाई शुक्रबार नागरिक अभिनन्दन गरेको छ। 

खाडीमा कार्यरत नेपाली श्रमिकसँग अनुभव साटासाट गर्ने क्रममा बहराइन पुगेका घिसिङलाई बहराइनवासी नेपालीले नागरिक अभिनन्दन गरेको हो। नेपाली श्रमिक आबद्ध भएका विभिन्न जातीय संघसंस्था, राजनीतिक भातृसंगठन, जिल्लागत संस्था लगायतले अभिनन्दन गरेका हुन्।

बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, उपेन्द्र कोइराला, आशिम मोक्तान, श्रवण मिक्चन, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्व अध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष वीरेन्द्रकुमार तुम्वापो लगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।

नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म कुनै उम्मेदवारी घोषणा गर्न आएको पनि होइन। म सरकारको कर्मचारी भएर वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवारी नागरिक भएको हिसाबले तपाईँहरूसँग एउटा हातमा हात मिसाउने, साथमा साथ मिसाउने र तपाईँहरूको संकल्पलाई अभियानको रूपमा अगाडि बढाउन आएको हो ।’

उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौँ । यो अभियान अरूको देशमा पनि पुग्नेछ । अगाडिको यात्रा के गर्ने भनेर धेरैले सोध्नुहुन्छ । अगाडिको यात्रा कस्तो हुन्छ भन्नेमा तपाईँको सुझाव नै मेरो यात्राको मुलश्रोत हुनेछ,’ उनले भने, ‘तपाईँहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढ्नेछ ।’