काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उच्च ज्वरो आएपछि स्वास्थ्य मन्त्री पौडेल गत शनिबार वीर अस्पताल भर्ना भएका थिए । उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भिभिआइपी कक्षमा उपचार भएको थियो ।
उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको नेतृत्वमा भएको थियो ।







