२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनिता डंगोलले भनिन्-‘बाजा बजुन्जेल नेवारी समुदायको आवाज रहन्छ’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथि मात्रै नभई जनताका आवाजहरू पनि रहेको बताएकी छिन् ।

शुक्रबार काठमाडौँमा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलस्हरूलाई आर्थिक अनुदान सहयोग गर्दै उनले यस्तो बताएकी हुन् ।

‘विशेष गरी काठमाडौँ महानगरपालिकाभित्र रहेको नेवार समुदायहरूको बाजाहरूको त्यत्तिकै नै महत्त्वपूर्ण रहेको छ । बाजाहरू संगीत र लय मात्रै होइनन्, हाम्रा आवाजहरू पनि हुन् । बाजाहरू बजुन्जेलसम्म नेवार समुदायको सबैको आवाज रही रहन्छ,’ उपप्रमुख डंगोलले भनिन् ।

हरेक टोल, समुदाय, कुच, गुठीहरूमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरू रहेको उल्लेख गर्दै उनले मूर्त सम्पदाहरू शरीर जस्तै भएको बताइन् । मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने उनको भनाइ थियो ।

‘हरेक टोल, समुदाय, कुच, गुठीहरूमा फरक फरक खालका सम्पदाहरू रहेका छन् । मूर्त र अमूर्त सम्पदाहरू रहेका छन् । मूर्त सम्पदाहरू हाम्रा शरीर जस्तै हुन् । मूर्त सम्पदाको सास, आत्मा जीवित अमूर्त सम्पदाले बनाउँछ,’ उनले भनिन्, ‘अमूर्त सम्पदाको निकै नै महत्त्वपूर्ण पाटो भनेको हाम्रो संगीत हो । सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा किन नहोस्, कुनै राजनीतिक अभियानमा नै किन नहोस् ।’

उपप्रमुख डंगोलले पुस्तौँदेखिका सीप र ज्ञानहरू पुस्तान्तरण गर्दै संस्कृतिहरूको संरक्षण गर्न जरुरी रहेको पनि बताइन् ।