२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिले गर्‍यो नेपाल औषधि लिमिटेडको अनुगमन

अ+ अ-

काठमाडौँ । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।

औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र सोधपुछका लागि प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा औषधि लिमिटेडले देशभरिलाई पुग्ने औषधि उत्पादन गर्न सक्ने भए पनि सरकारी कार्यालयहरूले नै औषधि खरिद नगर्दा समस्या भएको भन्ने गुनासो आएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको पाइएको उनको भनाइ छ ।

औषधि लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।

‘बरु निजी कम्पनीबाट किनेर सरकारी संस्थामा औषधि वितरण गरिरहेको हुन्छ । सरकारी कार्यालयहरूबाट औषधि किन्ने व्यवस्था नहुनु नै मुख्य कारण भएको गुनासो आएको छ,’ खानले भने ।

अर्को कारण, जनशक्ति, प्रविधि र भौतिक संरचनाको व्यवस्था हुँदाहुँदै पनि कच्चापदार्थ ल्याउन नसक्दा ११ किसिमका औषधि मात्रै उत्पादन भइरहेको जानकारी औषधि लिमिटेडले दिएको उनको भनाइ छ ।

कच्चा पदार्थको आयातमा सहजता र आर्थिक स्रोतको व्यवस्थापन सरकारले गरेको खण्डमा औषधि लिमिटेडले ९८ प्रकारका औषधि उत्पादन गर्न सक्ने जानकारी आफूहरूले पाएको उनले बताए ।

जनताले औषधि नपाएको उजुरी समितिमा परेपछि पछि आफूहरू अनुगमनमा आएको समिति सभापति खानले बताए । औषधि लिमिटेडको समस्या बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उनले बताए ।