काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९९/०८१-८२ (दलित), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको हो ।

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९८/०८१-८२ (आ.प्र.), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।








