२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुर्वमन्त्री भट्टराईको दाबी : ‘विद्यालय शिक्षा विधेयकमा सरोकारवालाले चलखेल गरिरहेका छन्’

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्वको गरिरहेको एमालेका सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाले चलखेल गरिरहेको बताएकी छन् । 

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिको सोमबारको बैठकमा सांसद भट्टराईले विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।

भट्टराईले सरकारसमेत स्वार्थ समूहको दबाबमा काम गरिरहेको बताइन् । विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार स्वार्थ समूहसँग छलफल गरिरहेको उनको भनाइ थियो । संसद्को गरिमा र मर्यादा बाँकी नरहने उनको भनाइ थियो ।

‘सरकार कि मस्यौदामा उभिनुपर्‍यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्‍यो । सरकार हरेक पल स्वार्थ समूह (इन्ट्रेस्ट ग्रुप)ले भनेको कुराहरूको पछि लाग्ने हो भने संसद्को गरिमा र मर्यादा बाँकी रहन्न,’भट्टराईले भनिन्, ‘सरकारले कि मस्यौदा कि त प्रतिवेदनमा उभिनुपर्‍यो । हैन सरकारले यस्तै कुरा गर्ने हो भने मस्यौदामा त ५० आन्तरिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने कुरा भनेका थियौँ । त्यहाँबाट सहमतिका लागि ६० आन्तरिकबाट र ४० खुला प्रतिस्पर्धाबाट भन्ने कुरामा पुगेको हो ।’

विद्यालय शिक्षा विधेयकमाथि बोल्ने शिक्षा समितिका अधिकांश सांसदले सरोकारवालाको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति जनाएका छन् ।