काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो। बैठक आज दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा सरकारको समीक्षा, भ्रातृ संस्थाको म्याद थप गर्नेबारे छलफल हुनेछ । यस्तै, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति विषयमा पनि छलफल हुनेछ ।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरूले पनि आफ्नो रिपोर्ट कार्ड पेश गर्ने बताइएको छ ।







