काठमाडौँ । नदीमा माछा मार्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।
जोशीपुर गाउँपालिका-४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
स्थानीयवासीका अनुसार घर नजिकै साथीहरूसँग माछा मार्न गएका उनी शनिवार साँझ पथरैया नदीमा डुबेका थिए। केही समयपछि उद्धार गरेर नजिकैको स्वास्थ्य संस्थामा लगी उपचारको क्रममा मृत्यु भएको हो ।







