काठमाडौँ। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
आज बिहान ११ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘भन्सार विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, दिउसो १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची रहेको छ।







