काठमाडौँ । झापाबाट निजी सवारीसाधन प्रयोग गरी भारतबाट लागुऔषध ओसारपसार गर्ने चार जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषधसहित नुवाकोट बेलकोटगढी नगरपालिका-१३ का ३१ वर्षीय साजन तामाङ, बेलकोटगढी नगरपालिका-१ का २० वर्षीय सजिन लामा, बेलकोटगढी नगरपालिका-१३ का ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी नगरपालिका-१ का २३ वर्षीय राम तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुधबार दिउँसो २ बजे गोप्य सूचनाका आधारमा भद्रपुर नगरपालिका-७, आनी मार्गमा बा.प्र. ०१-०२५च ०८७७ नम्बरको हुन्डाई क्रेटा कारलाई रोकी चेकजाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार, लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुरको अनुसन्धानका लागि उनीहरूलाई बुधबार नै जिल्ला अदालत झापामा उपस्थित गराई सात दिनको म्याद थप गरिएको छ र आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ।







